You are viewing the translated version of प्राधिकरणको अध्यक्ष र सदस्यको पद रिक्त हुनेः.

Section 103F
प्राधिकरणको अध्यक्ष र सदस्यको पद रिक्त हुनेः
देहायको कुनै अवस्थामा प्राधिकरणको अध्यक्ष वा सदस्यको पद रिक्त भएको मानिनेछ:-

(क) निजले नेपाल सरकार समक्ष आफ्नो पदबाट दिएको राजीनामा स्वीकृत भएमा,

(ख). निजमा दफा १०३ग. को उपदफा (१) को खण्ड (क), (घ) वा (ङ) बमोजिमको योग्यता नभएमा वा नरहेमा वा दफा १०३घ. बमोजिमको अयोग्यता भएमा वा रहेमा,

(ग) दफा १०३ङ. को उपदफा (७) बमोजिम निजको पदावधि समाप्त भएमा,

(घ) दफा १०३ङ. को उपदफा (८) बमोजिम निजलाई नेपाल सरकारले पदबाट हटाएमा,

(ङ) निजको मृत्यु भएमा ।